Logo

Banner-news

१० लाख पर्यटक देखाउन तथ्यांक तोडमोड ? सरकार भने सेलेब्रेसनमा !


appharu
   २९ मंसिर २०७५, शनिबार


काठमाडौं । यस वर्षको नोभेम्बर महिनामै १० लाख पर्यटकले नेपाल भ्रमण गरेको विज्ञप्ति र तथ्यांक बिहीबार नेपाल पर्यटन बोर्डले सार्वजनिक गर्यो । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा सार्वजनिक भएको यो तथ्यांकले सबैलाई उत्साहित पनि बनायो ।

सरकारले त यसलाई औपचारिक कार्यक्रम गरेर सेलेब्रेसन नै गरेको छ । शुक्रबार साँझ पर्यटन बोर्डमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको प्रमुख आतिथ्यमा सेलेब्रेसन गरिएको थियो । हुन पनि २०११ को पर्यटन वर्षमै १० लाख पर्यटक ल्याउने घोषणा गरेको सरकारले ७ वर्षपछि लक्ष्य पूरा गरेकोमा खुसी नहुने कुरै थिएन ।

तर, बोर्डले यसपटक हवाईमार्ग र स्थलमार्ग हुँदै नेपाल भित्रिएका पर्यटकको एकीकृत तथ्यांक सार्वजनिक गरेर चलाखीपूर्वक १० लाख पर्यटक पुगेको जनाएको छ । समयमा कहिल्यै तथ्यांक सार्वजनिक नगर्ने बोर्डले बिहीबार अक्टोबर र नोभेम्बरको पर्यटक आगमन तालिका एकैपटक सार्वजनिक गरेको छ । जसमा अक्टोबरमा हवाई मार्गबाट आउने पर्यटक घटेका छन् र यसले सो महिना समग्र आगमनमै प्रभाव पारेको देखिन्छ ।

बोर्डका अनुसार मुख्य पर्यटकीय सिजन अक्टोबरमा पर्यटक निकै निराशाजक छ । भारतबाहेक दक्षिण एसियाका सबै मुलुकबाट आगमन घटेको छ । श्रीलंकालीहरु ९५ प्रतिशतले घट्दा बंगलादेशी ३६.३ प्रतिशत र पाकिस्तानी २८ प्रतिशतले घटेका छन् ।

अरु महिनाको पर्यटक आगमनले रिकभर गरे पनि अक्टोबरको पर्यटक आगमन निकै निराशाजनक देखिन्छ ।
जानकारहरुका अनुसार नेपालले एकीकृत तथ्यांक नराख्ने गरेका कारण विगतका वर्षहरुमै १० लाख पर्यटक आगमन हुने गरे पनि सार्वजनिक हुने गरको थिएन । विगतका वर्षहरुमा वर्ष समाप्त भएको तीन महिनापछि मात्रै स्थलमार्गको तथ्यांक सार्वजनिक हुने गर्दथ्यो । बोर्डले अध्यागमन विभागको तथ्यांकबाट विवरण सार्वजनिक गर्दछ ।

यसैबीच, पर्यटकीय तथ्याङ्कलाई व्यवस्थित एवं पारदर्शी बनाउन सरकारले आगामी १ जनवरी २०१८ देखि ‘टुरिजम स्याटेलाइट एकाउण्ट’ प्रणाली शुरु गर्ने मन्त्री अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित : २९ मंसिर २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह