Logo

Banner-news

डोजर ड्राइभर नै प्राविधिक, सडक कस्तो बन्ला ?


appharu
   १ पुस २०७५, आइतबार


जुम्ला । जुम्लाका आठै स्थानीय तहद्वारा निर्माण गरिएका कुनै पनि ग्रामीण सडक मापदण्डअनुसार निर्माण भएका छैनन् । बिना प्राविधिक स्टिमेटअनुसार डोजर चालकलाई सडक निर्माणको जिम्मेवारी सुम्पेपछि, मापदण्डअनुसार सडक निर्माण नभएको पाइएको छ ।

डोजर चाकलाई प्राविधिक बनाउँदा मनपरि तरिकाले सडक निर्माण भएका छन् । तर कसैले पनि यस विषयमा नबोल्दा आयोजनाको भुक्तानी पनि भइसकेको छ ।

निर्माण आयोजनाको नत सार्वजानिक सुनुवाइ गरिएको छ । नत, सडक निर्माणको कुनै स्टिमेट नै गरिएको छ । सम्भाव्यता अध्ययनसमेत नगरी मनपरि तरिकाले गाउँ बस्तीको सौन्दर्य बिग्रने गरी सडक निर्माण भएको प्रति नागरिकले गुनासो गरेका छन् । हिमा गाउँपालिकाको आदी सडक, तातोेपानी गाउँपालिकालको जर्मी गाउँको सडक, पातारासीका गाउँपालिकाको माथि लोर्पा जोड्ने सडक, तिला गाउँपालिकामा निर्माण गरिएको कुनै सडक ईआईए तथा आईईए नगरिएको अधिकारकर्मी मेघराज न्यौपानेले बताए ।

वडा अध्यक्ष नै, सडक निर्माणको ठेक्का लिन्छन् उनले भने, “बिना प्राविधिक स्टिमेटको डोजर चालकलाई प्राविधिक बनाएर सडक खन्न लगाउँछांै । उनले थपे अन्ततः बिना सार्वजनिक सुनुवाइ नागरिकहरूको गुनासालाई बेवास्ता गर्दै आयोेजनाको भुक्तानीसमेत दिएका छन् । पातारासी गाउँपालिका–३ तल्फी जोड्ने सडक बिना अनुगमन भुक्तानी गरिएको पाइएको छ । कर्णाली रोजगार अन्तर्गत सबै सडक नागरिकले श्रम गरी निर्माण गर्नुपर्ने हो ।

प्रकाशित : १ पुस २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह