Logo

सूचना/प्रविधि

ट्वीटरको सीईओ पद छाड्ने मस्कको घोषणा


GDP नेपाल
   ६ पुस २०७९, बुधबार


ट्वीटरका मालिक एलन मस्कले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने भएका छन् ।

मस्कले ट्वीट गर्दै सो पदका लागि उपयुक्त व्यक्ति भेटिने बित्तिकै आफूले राजीनामा दिने बताएका हुन् ।

‘यो कामका लागि कुनै मूर्ख भेटिनेबित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु’, मस्कले ट्वीटमा लेखेका छन् । 

मस्कले केही दिन अघि मात्र आफूले ट्विटरको सीईओ पद छाड्ने कि नछाड्ने भनेर ट्विटरमा पोल स्थापना गर्दै सोही अनुसार नतिजा स्वीकार गर्ने बताएका थिए । सो पोलमा ५७.५ प्रतिशत ट्वीटर प्रयोगकर्ताले पद छाड्ने पक्षमा र ४२.५ प्रतिशतले नछाड्ने पक्षमा भोट गरेका थिए । सोही नतिजा अनुसार मस्कले उपयुक्त नयाँ सीईओ फेला परेसँगै आफूले राजीनामा दिने घोषणा गरेका हुन् ।

प्रकाशित : ६ पुस २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह