Logo

मुख्य समाचार

बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल, जलविद्युतमा लगानी गर्न आग्रह


GDP नेपाल
   ७ पुस २०७९, बिहिबार


नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायसँग आज छलफल गरेको छ ।

नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो । यस्तै, नेपाल बंगलादेशबीचको कुटनीतिक सम्वन्ध ५० वर्ष पुरा भएको सम्वन्धमा दुई राष्ट्रबीचका व्यवसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो ।

ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएका बताउँदै चेम्बरका अध्यक्ष मल्लले भन्नुभयो, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनसंगै लगानीका लागि हामी आव्हान गर्दछौ, ।’

बंगलादेशमा सडक सञ्जालसँगै हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्वन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । बंगलादेशसँग नेपालको व्यापारघाटा उच्च रहेको सन्दर्भमा अध्यक्ष मल्लले निर्यात सम्भावना भएका बस्तुहरुको खोजी गर्नुपर्नेमा प्रकाश पार्नुभयो । नेपालले ऊर्जा व्यापारमार्फत व्यापार घाटा कम गर्न सक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युतमा लगानीका लागि मल्लले आग्रह समेत गर्नुभयो ।

त्यस्तै, बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्वन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन भने हुन सकेको छैन ।

अध्यक्ष मल्लले विद्युत व्यापारको सहजिकरणसँगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नुभयो । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफुहरुले पहल गर्ने मल्लले बताउनुभयो ।

बंगलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमायुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिनुभयो । हवाईसंगै स्थल मार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा ऊर्जा, पर्यटन क्षेत्रमा लगानीका लागि आफुहरु तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने कबिरले बताउनुभयो ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह