Logo

अर्थनीति

पाँच महिनामा ५ खर्ब ९७ अर्बको व्यापारघाटा, ३४ प्रतिशतले घट्यो निर्यात


GDP नेपाल
   ७ पुस २०७९, बिहिबार


चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा आयात २०.७१ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षमा ८ खर्ब ३८ अर्ब ४० करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस्तै, अघिल्लो वर्षको तुलनामा निर्यात भने ३४.६१ प्रतिशतले घटेको छ । गत वर्ष यसै अवधिमा १ खर्ब २ अर्ब ९२ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तथ्यांक अनुसार चालु आवको ५ महिनामा ६७ अर्ब ३० करोडको मात्रै निर्यात भएको छ ।

योसँगै चालु आवको मंसिर मसान्तसम्म आइपुग्दा नेपालको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलानमा १८.७७ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिमा नेपालले ७ अर्ब ३५ करोड ४८ करोड रूपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह