सरावल गाउँपालिका वडा नं. ५ मा निर्वाचन प्रचार–प्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नवलपरासी–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले नेपाली कांग्रेसले योग्यताका आधारमा उम्मेदवार उठाएर राजनीतिक परिवर्तनको स्पष्ट संकेत दिएको बताएका छन्।
आगामी फागुन २१ गते हुने आम निर्वाचनको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा चौधरीले कांग्रेस नयाँ संकल्प र दृष्टिकोणका साथ अघि बढिरहेको उल्लेख गरे। “नेपाली कांग्रेसले यस पटक देशभर १०० भन्दा बढी सक्षम युवाहरुलाई उम्मेदवार बनाएको छ, यो राजनीतिमा देखिएको ठुलो परिवर्तनको सुरुवात हो,” उनले भने।
कार्यक्रममा बोल्दै प्रदेश सांसद विश्व प्रेम पाठकले राष्ट्रिय व्यक्तित्वहरु कांग्रेस सभापति गगन थापा र केन्द्रीय समिति सदस्य विनोद चौधरी मधेस क्षेत्रमा आएर चुनाव लड्नुको उद्देश्य मधेसलाई विकाससँग प्रत्यक्ष जोड्नु रहेको बताए। “यो मधेसका लागि सौभाग्यको विषय हो,” उनले भने।
पाठकले चौधरीले पाँच वर्षे कार्यकालमध्ये जम्मा ३० महिना मात्र काम गर्ने अवसर पाएको भए पनि त्यस अवधिमा उल्लेखनीय काम गरेको दाबी गरे। “यस क्षेत्रका आम जनता विनोद चौधरीको साथमा छन्,” उनले थपे।









प्रतिक्रिया