Logo

बिजनेस होम

कोटेश्वर भाटभटेनी भोलिबाट सञ्चालनमा; अन्य स्टोर कहिले ?


gdpnepal
   २४ माघ २०८२, शुक्रबार


काठमाडौं । भदौ २४ गते आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्ने भएको छ । शनिबार बिहानदेखि नै सेवाग्राहीलाई सेवा दिन तयार रहेको भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।

भदौ २३ मा भएको जेनजी आन्दोलनको भोलिपल्ट भएको विध्वंसमा भाटभटेनीको कोटेश्वरसहितका ११ वटा स्टोर आगजनी गरिएको थियो ।

आगजनीले ध्वस्त भएको भवन भाटभटेनीले पुनर्निर्माण गरी पाँच महिनामै सञ्चालनमा ल्याएको हो ।

एक विज्ञप्तिमार्फत् भाटभटेनीले भनेको छ– आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याउको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।”

शनिबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा ल्याउनेगरी सम्पूर्ण तयारी गरिएको भाटभटेनीले जनाएको छ ।

नक्सालस्थित पहिलो भाटभटेनीसहित महाराजगन्ज र चुच्चेपाटी भाटभटेनी भने तत्काल सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन् ।

राधेराधे, सानागाउँ, पाटन,  कलंकी, टोखा, त्रिपुरेश्वर, अनामनगर लगायतका स्थानका भाटभटेनीहरु भने सुचालु छन् ।

 

प्रकाशित : २४ माघ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह