काठमाडौं । नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्दसूचीमा रहेका रोमी गौचन थकालीले आफ्नो नाम फिर्ता लिएका छन् ।
मुस्ताङ कांग्रेस सभापति समेत रहेका गौचनले स्वेच्छाले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।
आदिवासी जनजातितर्फ प्राथमिकता क्रममा दोस्रो स्थानमा रहेका गौचन सांसद निर्वाचित हुने निश्चितप्रायः थियो । गौचन पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री समेत हुन् ।
गौचनका छोरा योगेश गौचन थकाली मुस्ताङबाटै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन् । छोराले टिकट पाएपछि बाबुछोरा नै सांसद बन्न नैतिकताले नदिने भन्दै उनले सूचीबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।
२०७९ को निर्वाचनमा समेत युवा पुस्ताका लागि भन्दै उनले आफू उम्मेदवार बनेका थिएनन् ।
उक्त निर्वाचनमा योगेशले ३९९२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३०७८ मत प्राप्त गरेका थिए ।










प्रतिक्रिया