Logo

Banner-news

चल्ने भयो चक्रपथमा मोनोरेल, डिपिआरका लागि चिनियाँ कम्पनीसँग सम्झौता


appharu
   ४ पुस २०७५, बुधबार


काठमाडौँ, काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि बुधबार राजधानीमा सम्झौता गरेको हो ।

सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ्ले हस्ताक्षर गरेका छन् । नेपालले विसं २०१२ बाटै मोनोरेलको अध्ययन शुरु गरेपनि सफल हुन सकेको थिएन । नेपालमा विज्ञ र क्षमताको अभाव तथा खर्चिलो हुँदा काम हुन नसकेको महानगरपालिकाले जनाएको छ ।

चाइना रेल वे २५औँं ब्युरो ग्रुप कम्पनीको ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ मोनोरेलको डिपिआर निर्माणका लागि सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गर्दै समयमै प्रतिवेदन तयार हुने उल्लेख गरेका छन् ।
माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए), मोनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनको चरण र लाभ विश्लेषण सहितको डिपिआर निर्माण हुने महानगरपालिकाले जनाएको छ ।

सम्भाव्यता अध्ययनले गौशालादेखि चावहिलसम्मको सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गरे विस्तारित चक्रपथको पैदलमार्ग्भित्रको दोस्रो लाइनमा मोनोरेल चलाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । यसैको आधारमा डिपिआर तयार पार्न लागिएको महानगरपालिकाले जनाएको छ ।

सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार उपत्यकाको २७ किमी चक्रपथमध्ये १० किमी ललितपुर महानगरपालिकाभित्र पर्छ । अहिलेको अवस्थालाई आकलन गर्दा तीन चरणमा निर्माण गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि महाराजगञ्जसम्म र तेस्रो चरणमा महाराजगञ्जदेखि कोटेश्वरसम्म काम गर्दा उपयुक्त हुने अध्ययनको निष्कर्ष छ । मोनोरेल निर्माणका लागि करीब रु एक खर्ब १६ अर्ब लाग्ने अनुमान छ ।

प्रकाशित : ४ पुस २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह