Logo

अर्थनीति

प्रधानमन्त्री दाहालसँगै तीन उपप्रधानमन्त्रीको शपथ, विष्णु पौडेल अर्थमा


GDP Nepal
   ११ पुस २०७९, सोमबार


 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका छन् । प्रम दाहालले तीन उपप्रधानमन्त्रीलाई शपथ गराएका छन् ।

उपप्रधानमन्त्रीका रूपमा शपथ लिनेमा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार, एमालेका विष्णु पौडेलले अर्थ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले गृहको जिम्मेवारी पाएका छन् ।

एमालेबाट पौडेलसँगै ज्वाला साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीलाई पनि सरकारमा गएका छन् भने राष्ट्रिय जनमत पार्टीका तर्फबाट अब्दुल खान पनि मन्त्री भएका छन् ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह