Logo

अर्थनीति

अर्थतन्त्र सुधारका लागि निकै मेहनत गर्नुपर्नेछः अर्थमन्त्री पौडेल


GDP Nepal
   ११ पुस २०७९, सोमबार


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित रुपमा फर्काउन तथा व्यवस्थित रुपमा अघि बढाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

अर्थ मन्त्रालयमा पदबहाली गर्दै मन्त्री अधिकारीले अर्थतन्त्र सुधारका लागि आफूहरुले निकै मेहनत गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । उनले भने, “अर्थतन्त्र सुधारका लागि हामीले निकै मेहनत गर्नुपर्नेछ भने दुनियाँका अनुभवहरुबाट पनि सिक्नु आवश्यक छ ।”

मन्त्री पौडेलले अर्थतन्त्रसँग सम्बन्धित सबै विज्ञ तथा सरोकारवालाका राय र सुझावहरुलाई संगठित गर्दै समस्याको पहिचान गर्ने र त्यसको निवारणका लागि सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

“म सबै सरोकारवाला तथा विज्ञहरुसँग सघन छलफल गरी समस्याको पहिचान र समाधानको पहल गर्न सकिन्छ भनेर नै आएको छु,” मन्त्री पौडेलले भने, “बिग्रँदो अर्थतन्त्रबाट चिन्तित सबैलाई म विश्वास दिलाउन चाहान्छु कि म सबैसँग घनिष्ट सहकार्य गरेर अघि बढ्नेछु ।”

सरोकारवाला पक्षसँग सहकार्य गरेर निर्णय गर्ने आफ्नो आदत पनि रहेको उल्लेख गर्दै मन्त्री पौडेलले आर्थिक जगतका व्यक्तित्वहरु, संघसंस्थाहरु तथा सरोकारवाला सबै पक्षलाई आश्वस्त हुन आग्रह गरे ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह