Logo

मुख्य समाचार

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता: प्रचण्ड


GDP नेपाल
   १२ पुस २०७९, मंगलबार


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।

सो भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याको कारण उद्योगी, व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेको जानकारी दिँदै त्यसको अन्त्य गर्न आग्रह गरे ।

उनले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालु पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने समेत सुझाव दिए ।

यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि निजी क्षेत्रले खेलिरहेको भूमीका सह्रानिय रहेको जनाउँदै सरकारले यसलाई गम्भीर रूपमा लिएको बताए । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको जानकारी गराउँदै अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

प्रकाशित : १२ पुस २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह