Logo

Banner-news

इन्टरनेट स्पीडमा नेपालको अवस्था दयनीय तर पनि मूल्य बढाउने व्यवसायीको तयारी !


appharu
   ६ पुस २०७५, शुक्रबार


काठमाडौं । विश्वमा सबैभन्दा तिव्र गतिको इन्टरनेट चलाउने मुलुकमा नर्वे परेको छ भने नेपाल ११६ औं स्थानमा छ । सन् २०१८ मा सबैभन्दा तिव्र गति रहेको नर्वेमा इन्टरनेट स्पिड ६३.१९ एमबीपीएस छ भने नेपालको १६.६६ एमबीपीएस मात्रै छ ।


विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाले यो प्रतिवेदन तयार गरेको हो । सूचीको दोस्रो नम्बरमा रहेको आइसल्यान्डको स्पिड ५८.६८ एमबीपीएस, तेस्रोमा रहेको कतारको ५५.१७ एमबीपिएस र चौथोमा रहेको सिंगापुरको ५४.७१ एमबीपीएस छ ।

इन्टरनेटको विश्वव्यापी स्पिड १५ प्रतिशतले वृद्धि हुँदा नेपालको भने सोही अनुपातमा बढेको छैन । मोबाइल इन्टरनेट स्पिडमा थोरैमात्र सुधार भएको तर फिक्स्ड नेटवर्कको अवस्था अघिल्लो वर्षकै जस्तो रहेको प्रतिवेदनमा उल्लेख छ ।

इन्टरनेटको गुणस्तर सुधार नभए पनि व्यवसायीले भने फेरि मूल्य बढाउने भएका छन् । गत साउनमा सरकारसँग भएको सम्झौता अनुसारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै निजी सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् ।

आइस्पानले चालू आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार नै १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेको जनाइएको छ । यसअघि गत साउन १० गते सरकारका प्रतिनिधि र आइस्पानका प्रतिनिधिबीच इन्टरनेटको मूल्य तत्काल नबढ्ने गरी मूल्य समायोजन गर्ने विषयमा सम्झौता भएको थियो ।

सम्झौताअनुसार सरकारले सेवा प्रदायकलाई प्रतिबद्धता जनाएका कुनै पनि विषय अघि नबढेकोले यही पुस १५ गतेदेखि सेवा शुल्कबापत १३ प्रतिशत मूल्य बढाउने निर्णय भएको आइस्पानले जनाएको छ ।

प्रकाशित : ६ पुस २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह