Logo

अर्थनीति

अर्थमन्त्रीको पहिलो भेट एफएनसीसीआईसँगः भन्छन्ः म तपाइँहरुको प्रतिनिधि भएर काम गर्नेछु !


GDP Nepal
   १२ पुस २०७९, मंगलबार


काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रका प्रतिनिधिसँग भेट सुरु गरेका छन् । मन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डललाई भेट गरेका हुन् ।

“मैले आफ्नो कामको पहिलो शुरुवातनै महासंघको प्रतिनिधिमण्डलसंगको भेटबाट गरेको छु,” मंगलबार मन्त्रालयमा उनले भने, “निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसंगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पारेको छ ।”

मन्त्री पौडेलले सरकार निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेका उल्लेख गर्दै निजी क्षेत्रको मनोबल ढल्यो भने अर्थतन्त्र पनि ढल्ने बताए । “तपाईहरूको मनोवललाई उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुनेछ,” उनले भने, “म तपाईहरूको प्रतिनिधि जस्तै भएर समस्या समाधानमा काम गर्ने छु ।”

यसअघि महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुुभकामना दिएका थिए । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ गर्दै समस्या समाधानका लागि महासंघकोतर्फबाट सुुझाव समेत पेश गरे ।

उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालूपू“जी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने महासंघको सुुझाव उनले सुनाए ।

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिए ।
सो अवसरमा नेपााल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित अर्थमन्त्रालयका सचिवद्वयको समेत उपस्थिति थियो ।

अर्थमन्त्री पौडेलले महासंघले अगाडि बढाएको अर्थतन्त्र जोगाऔं अभियानलाई सरकारको पनि समर्थन रहेको बताए । “तपाईहरू दह्रो मनोवलका साथ काम गर्नुहोस, समस्याको समाधान गर्न हामी प्रतिवद्ध छौं,” अर्थमन्त्रीले भने, “समस्या छ तर समाधान गर्न सकिन्छ ।”

प्रकाशित : १२ पुस २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह