कोरोना महामारीयता बन्द भएको रसुवागढी नाका पुन: सञ्चालनमा आएको छ ।
रसुवा भन्सार कार्यालयका अनुसार नाका खुलसँगै ३२ महिनापछि नेपालबाट ५० लाख ७० हजार मूल्य बराबरको वस्तु निर्यात भएको हो ।
कोरोना महामारीले जटील रुप लिएसँगै २०७६ चैतमा सरकारले बन्द गरेको सो नाका ३२ महिनापछि मात्र खुलेको हो । कार्यालयका अनुसार तत्कालका लागि रसुवागढी नाका खुले पनि चीनतर्फको सिन्धुपाल्चोक नाका भने अझै बन्द रहेको छ। सो नाकाबाट चिनीयँ वस्तु आयात भएपनि निर्यात भने हालसम्म ठप्प रहेको छ ।










प्रतिक्रिया