Logo

अर्थनीति

अर्थमन्त्रीको आश्वासनपछि रोकियो व्यवसायीको आन्दोलन, चालु पुँजी कर्जा मार्गदर्शन स्थगित होला ?


GDP Nepal
   १३ पुस २०७९, बुधबार


काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले माग सम्बोधन गर्ने आश्वासन दिएसँगै आन्दोलनरत उद्योगी व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

दुई महिनादेखि सडक आन्दोलनमा रहेका व्यवसायीको माग सम्बोधन गर्न मन्त्री पौडेल सकारात्मक देखिएका छन् । बुधबार अर्थ मन्त्रालयमा आन्दोलनरत उद्योगी व्यवसायीसँग छलफल गरी अर्थमन्त्री पौडेलले माग सम्बोधनको प्रतिबद्धता जनाए ।

अर्थमन्त्रीको सकारात्मक आश्वासनपछि निजी क्षेत्रको आन्दोलन स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले जानकारी दिइन् । उनका अनुसार उद्योगी व्यवसायीको माग पूरा गर्ने प्रतिबद्धतासँगै विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अगुवाइमा हुँदै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको छ

राणा अर्थमन्त्रीसँगको वार्तामा सहभागी थिइन् । आन्दोलनरत जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु र सरकारबीच वार्ताको समन्वय राणाले नै गरेकी थिइन् ।

छलफलमा अर्थमन्त्रीले विज्ञसँगको छलफलपछि उद्योगी व्यवसायीलाई समेत राखेर मात्रै निर्णय गर्ने प्रतिबद्धता जनाएका थिए ।

व्यवसायीहरुले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन स्थगित गर्नुपर्ने मागलाई बटमलाइन मानेका छन् । जसमा अर्थमन्त्री सकारात्मक रहेको बताइएको छ ।

प्रकाशित : १३ पुस २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह