Logo

मुख्य समाचार

उद्यमी पाण्डेको आरोपः एफएनसीसीआई र सीएनआईमा ९० प्रतिशत तस्करी व्यापारी छन् !


GDP Nepal
   १५ पुस २०७९, शुक्रबार


काठमाडौं । आईटी उद्यमी रुद्र पाण्डेले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा ९० प्रतिशत तस्कर व्यापारी रहेको आरोप लगाएका छन् ।

महासंघ र परिसंघ नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग श्रृंखलाबद्ध रुपमा भेटघाट गरिरहेका बेला प्रतिष्ठित उद्यमीको यस्तो अभिव्यक्ति आएको हो ।

उनले ट्वीटमा लेखेका छन्ः
एफएनसीसीआई र सीएनआई भन्ने संस्थामा ९० प्रतिशत तस्कर व्यापारी छन् । जुन नयाँ पीएम आए पनि यीसँग नै साँठगाँठ गÞर्छन् । नेपालको विकास गर्ने हो भने साना व्यवसायलाई पहिलो ३ वर्ष कर र भ्याट फ्री हुन पर्छ देशको दुई तिहाई रोजÞगार साना व्यवसायले सिर्जना गर्छन्। घुसको चापले साना व्यवसाय माथि उठनै सक्दैनन् ।

को हुन् पाण्डे ?
रुद्र पाण्डे सन् १९६३ मा धादिङको नौबिसेमा जन्मेका एक प्रतिष्ठित नेपाली उद्यमी हुन् । पाण्डेले मेहरान युनिभर्सिटी अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका छन् भने पूर्वोत्तर विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।

हाल विश्वभर सफ्टवेयर विकास र सूचना प्रविधि सेवाहरू प्रदान गर्ने अमेरिकी कम्पनी डियरहोल्ड लिमिटेडका संस्थापक र कार्यकारी अध्यक्षको रूपमा सेवा गरिरहेका छन् ।

पाण्डे डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीजका अध्यक्ष र हाम्रो पात्रोका अध्यक्ष पनि हुन् । सन् २०१७ मा उनले सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित एफएनसीसीआई गोल्ड अवार्ड (ट्रेन्डसेटर्स) प्राप्त गरेका थिए ।

डियरहोल्ड्सको स्थापना गर्नु अघि, उनले डियरवाक इन्कको स्थापना गरेका थिए ।

प्रकाशित : १५ पुस २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह