डेरी उद्योग संघले दूधमा भएको मूल्यवृद्धि फिर्ता नहुने बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै संघले राष्ट्रिय दूग्ध विकास बोर्डसँग दूधमा भएको मूल्यवृद्धि फिर्ता गर्ने बारे कुनै प्रकारको सहमति नभएको जनाएको छ ।
बोर्डले बिना सहमतिनै एकतर्फि ढंगले पत्र पठाएको जनाउँदै संघले आधिकांश डेरी उद्योगहरुलाई मूल्य घटाउनेबारे कुनै जानकारी नभएको बताएको छ ।
डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले दूधकाे मूल्य बढाएका छन्।
प्रतिक्रिया