Logo

अर्थनीति

मन्त्री श्रेष्ठ र परिसंघ टोलीबीच भेटवार्ता, विकास खर्च बढाउन आग्रह


GDP नेपाल
   १९ पुस २०७९, मंगलबार


नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै विकास खर्च बढाउन आग्रह गरेको छ ।

सो भेटमा परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गरे । पूर्वाधारमा कम लगानी र विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएकाले यस क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनले जानकारी गराए । अध्यक्ष अग्रवालले निर्माण व्यवसायीहरुलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन, एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिइनुपर्ने बताए ।

उनले उपप्रधानमन्त्री श्रेष्ठ समक्ष संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘Rebooting Nepalese Economy’ अवधारणा पेश गरे । सो अवधारणामा परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसंघको सुझाव महत्वपूर्ण रहेको बताए । उनले यस क्षेत्रमा देखिएका तमाम समस्याहरु समाधान गर्दै अघि बढ्ने बताए । “जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्चाउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक इन्टरभेन्सन गर्ने प्रक्रियामा अगाडि बढ्नेछौं” उनले भने ।

सो भेटवार्तामा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, युथ कम्युनिटी फर नेप्लीज कन्ट्रयाक्टरका अध्यक्ष सुशील कुमार श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

प्रकाशित : १९ पुस २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह