Logo

अर्थनीति

बिग्रँदो अर्थतन्त्रप्रति प्रधानमन्त्रीको चिन्ताः अर्थमन्त्री र गभर्नरसँग छलफल


GDP Nepal
   २० पुस २०७९, बुधबार


काठमाडौं । मुलुकको बिग्रँदो अर्थतन्त्रप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल संवेदनशील देखिएका छन् । प्रधानमन्त्री दााहालले मुलुकको अर्थतन्त्रको अवस्थाबारे बुधबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।

सरकारका सचिवहरुसँगको छलफलपछि प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि प्रयास थालेका हुन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषय बारे छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा बुधबार बिहान अर्थमन्त्री र गभर्नरसँग प्रधानमन्त्रीले चासो राखेका हुन् । प्रधानमन्त्रीले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफलमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरूको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको अर्थमन्त्री र गभर्नरलाई बताएका थिए ।

प्रकाशित : २० पुस २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह