नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजतपत्रप्राप्त संस्थाहरुको हक हित तथा नेपालको पूँजी बजारको बिकास र सम्बद्र्धनका लागी कार्यरत नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीले अर्थ मन्त्री विष्णु पौडेलसंग भेटवार्ता गरेका छन् ।
सो भेटवार्तामा संघका पदाधीकारीले नवनियुक्त अर्थमन्त्रीलाई कार्यकालको शुभकामना दिनुका साथै नेपालको पूँजीबजारले कोशेढुंगा कायम गर्ने तथा अर्थतन्त्र सवल हुने विश्वास लिएको बताएका छन् ।
संघले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्बन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भुमिकाका बारेमा बिस्तृत विवरण पेश गरेको छ । सो, अवसरमा संघले मर्चेण्ट बैंकरका हकहितका लागि अर्थ मन्त्रालयले सम्बन्धित नियमनकारी निकायमार्फत खेल्नुपर्ने भुमिकाका बारेमा जानकारी दिँदै अर्थमन्त्रीलाई सो विवरण हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया