नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकको न्यूनतम चुक्ता पूँजी बढाएको छ ।
राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै न्यूनतम चुक्ता पुँजी पाँच देखि ८० करोड रुपैयाँसम्म तोकेको छ । यस अघि भुक्तानी कार्ड बाहेकका अन्य उपकरण मार्फत भुक्तानी सेवाको काम गर्न १ देखि २५ करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको थियो ।
हाल राष्ट्र बैंकबाट स्वीकृति लिएर १० वटा भुक्तानी सेवा प्रदायक र २७ वटा भुक्तानी प्रणाली सञ्चालकले सेवा प्रदान गर्दै आएका छन् ।
प्रतिक्रिया