विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
विश्व आर्थिक परिदृश्य प्रतिवेदन २०२३ सार्वजनिक गर्दै बैंकले सो प्रक्षेपण गरेको हो । यस्तै, गत वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहेको विश्व बैंकको अनुमान रहेको छ । प्रतिवेदनका अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने अनुमान गरिएको छ ।
त्यस्तै, सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सिमित हुने विश्व बैंककाे प्रक्षेपण रहेको छ । विश्व बैंकका अनुसार रुस युक्रेन युद्धको कारण उच्च मुद्रास्फीति, उच्च ब्याजको सामना, कम लगानी र अवरोधहरू खडा हुँदा विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने छ भने यसको प्रभाव लामो समयसम्म रहने छ ।
रिपोर्टका अनुसार दक्षिण एसियाली देशमध्ये यस वर्ष माल्दिभ्सको सबैभन्दा धेरै आर्थिक वृद्धिदर ८.२ प्रतिशत रहने छ । दोस्रोमा भारतको ५.९ प्रतिशत र तेस्रोमा बंगलादेशको ५.२ प्रतिशत रहने अनुमान छ । सबैभन्दा कम श्रीलङ्काको ०४.२ प्रतिशत रहने विश्व बैंकको अनुमान रहेको छ ।
प्रतिक्रिया