Logo

बिजनेस होम

अर्थसचिव रायाले लिए राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको शपथ


GDP Nepal
   २८ पुस २०७९, बिहिबार


काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग रायाले शपथ लिएका हुन् ।

सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंककासञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रारद्वय नारायणप्रसाद पन्थी र निर्मला पौडेल, सह– रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित : २८ पुस २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह