Logo

Banner-news

चीनमा एप्पलका सामग्री बोके जागिरबाट निकालिने, हुवावे बोक्न आदेश !


appharu
   १३ पुस २०७५, शुक्रबार


बेइजिङ । अमेरिका र चीनबीच व्यापार युद्ध अन्त्यको दिशातर्फ गइरहेको बताइए पनि यी दुई मुलुकले आफ्ना उत्पादनको प्रबद्र्धन र अर्को उत्पादनमाथि निषेधको शैली अंगिकार गरेका छन् ।

दुई मुलुकबीच उत्पन्न विवादको असर तल्लो तहसम्मै फैलिएको छ र यसको प्रत्यक्ष मारमा परेको छ– एप्पल ।

विदेशमा हुवावेमाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकाले ठूलै दबाब गरिरहेको समयमा चिनियाँ कम्पनीहरूको एप्पलको विकल्पमा हुवावे प्रयोग गर्न जोड गरिरहेका छन् ।
यस्तो प्रस्तावले हुवावेलाई केही राहत महसुस भएको छ । चिनियाँ कम्पनीले आफ्ना कामदारलाई आईफोन त्याग्नका लागि समेत आग्रह गरेका छन् । चिनियाँ कम्पनीहरूले आफ्ना कामदारलाई आईफोनको सट्टा हुवावेका फोन किनेमा भारी छुट दिने प्रस्ताव गरेका छन् ।

निकी एसियन रिभ्युमा हालै प्रकाशित समाचारअनुसार हुवावेका प्रमुख वित्त अधिकृत मेङ वानझोउलाई अमेरिकी अभियोजनकर्ताहरूको अनुरोधमा क्यानडमा पक्राउ गरेपछि चिनियाँ कम्पनीहरूको यस्तो कदम आएको हो ।

कतिपय चिनियाँ व्यवसायले आफ्ना कामदारलाई हुवावेको स्मार्टफोन किनेमा कम्पनीलाई सहयोग आउने र उनीहरूले छुट र सहुलियन पाउने बताएका छन् । धेरैले खरिद मूल्यमा १० देखि २० प्रतिशतको सहुलियत पाउने निकीको समाचारमा उल्लेख छ ।

२० प्रतिशतभन्दा बढी चिनियाँ कम्पनीले हुवावेका अन्य उत्पादनको खरिद बढाउने घोषणा सामाजिक सञ्जालमार्फत गरेको समाचारमा उल्लेख छ ।
केही चिनियाँ कम्पनीले पनि एप्पललाई पाखा लगाउन थालेका छन् । “चिनियाँ सञ्चारमाध्यमका अनुसार सांघाईस्थित व्यवसायी संघले एप्पलका उत्पादन खरिद गर्नेलाई जागिरबाट निकाल्ने जनाएको छ,” समाचारमा भनिएको छ ।

चीनले आफ्ना सीएफओको पक्राउपछि प्रतिक्रिया जनाएपछिको अवस्थामा हुवावेमाथिको कूटनीतिक विवाद चर्किएको हो । चीनले डिसेम्बरमा दोस्रा क्यानेडियनलाई पनि पक्राउ गरेको थियो ।

क्यानडाको विदेश मन्त्रालयले पनि पक्राउ परेका क्यानेडियन पाक्तु सांस्कृतिक आदान–प्रदानका संस्थापक मिचेल स्पाभोर भएको जानकारी दिएको छ । यो चीनमा रहेको क्यानेडियन स्वामित्वको कम्पनी हो । यो कम्पनीले उत्तर कोरियाको भ्रमणका लागि सहयोग उपलब्ध गराउँदै आएको थियो ।

चीनल सुरुमा मिचेल कोभरिङलाई पक्राउ गरेको थियो । उनी पूर्व क्यानेडियन कूटनीतिज्ञ हुन् । उनले हाल गैरनाफामूलक संगठन इन्टरनेसनल क्राइसिस ग्रुपमा उत्तरपूर्वी एसियाका लागि वरिष्ठ सल्लाहकारका रूपमा काम गर्दै आएका थिए ।

एक चिनियाँ अदालतले डिसेम्बरमा आईफोनका मोडलहरूको बिक्री र आयातमा प्रतिबन्ध लगाएको थयो ।

क्वालकले एप्पलले आफ्ना दुई पेटेन्टको उल्लंघन गरेको दाबी गरको थियो ।
यो प्रतिबन्धबाट उम्कन एप्पलले गत साता आईओएसमा झिनो अवस्थाको परिवर्तन गरेको थियो ।

प्रकाशित : १३ पुस २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह