Logo

बैंक / बिमा /शेयर

नेरुडे लघुवित्तले डाक्यो साधारण सभा


GDP नेपाल
   २ माघ २०७९, सोमबार


नेरुडे लघुवित्त वित्तीय संस्थाले साधारण सभा डाकेको छ ।

कम्पनीले माघ २८ गते उद्योग संगठन मोरङको सभाहल विराटनगर–२ मा बिहान ११ बजे सभा डाकेको हो । सभामा सञ्चालक समितिले घोषणा गरेको २२ प्रतिशत बोनस सेयर र सोको कर तिर्न १.१५७९ प्रतिशत नगद गरी कुल २३.१५७९ प्रतिशत लाभांश प्रस्ताव पेश गरिनेछ । गर्ने

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि संस्थाले माघ १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १६ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : २ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह