Logo

मुख्य समाचार

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो


GDP नेपाल
   २ माघ २०७९, सोमबार


भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ । यस्तै, डिजेलको मूल्य भने प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ ।

यसअघि भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएसँगै निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा तीन रूपैयाँले घटाएको थियो । हाल पेट्रोल प्रतिलिटर १७५ र डिजेल १७२ रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित : २ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह