Logo

मुख्य समाचार

सरकारसामु यातायात व्यवसायी घुँडा टेक्न बाध्य, आन्दोलन फिर्ता लिंदै माफी मागे


appharu
   २२ बैशाख २०७५, शनिबार


काठमाडाैं । सरकारले यातायात क्षेत्रको सिन्डिकेट विरुद्ध कडा एक्सन लिएपछि सम्वद्ध व्यवसायीहरु घुँडा टेक्न बाध्य भएका छन् । देशभर सबै यातायात ठप्प गरी सरकारसामु नझुक्ने बताउँदै आएका व्यवसायी शुक्रबार अबेर एक विज्ञेप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन ।

यातायात व्यवसायी महासंघ आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले सरकारले आफूहरुलाई वार्तामा बोलाउनु पर्ने र नयाँ गाडीहरुलाई अनुमति दिँदा आफूहरुसँग परामर्श गर्नुपर्ने माग राख्दै आन्दोलन फिर्ता लिएको जानकारी दिएका छन् ।

महासंघको नेतृत्वमा शुक्रबार देशभर गाडी ग्यारेजमै थन्काएका थिए । तर सरकारले ग्यारेजमै गाडी थन्काउने र यातायातजस्तो अत्यावश्यक सेवामा अवरोध गर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

व्यवसायीले देशभर नै सम्पूर्ण सार्वजनिक यातायात सेवा पुनः सञ्चालन हुने जनाउँदै बन्दबाट सर्वसाधारणमा पर्न गएको समस्याप्रति विज्ञप्तिमार्फत माफी मागेका छन् । शुक्रबार यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव सरोज सिटौला, सह–कोषाध्यक्ष डम्बर पन्तलगायत देशभरबाट झण्डै सय जना यातायात व्यवसायीहरु पक्राउ परेका थिए ।

विज्ञप्तिमा शुक्रबार पक्राउ परेका यातायात व्यवसायीलाई निर्शत रिहा गरिनुपर्ने तथा यातायात क्षेत्रमा देखिएका विद्यमान समस्याको समाधानका लागि सरकारले आफूहरुलाई वार्तामा बोलाउनुपर्ने माग राखिएको छ ।

प्रकाशित : २२ बैशाख २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह