Logo

Banner-news

विद्युतीय भुक्तानीमा थपियो प्रतिस्पर्धा, चौधरी ग्रुपको सिजी पेलाई अनुमति


appharu
   १६ पुस २०७५, सोमबार


काठमाडौं । सिजी ग्रुप अन्तर्गतको सिजी पे नेपाल प्रालिलाई नेपाल राष्ट्र बैंकले, भुक्तानी सेवा प्रदायको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ ।

सिजी पे बाट मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भूक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ ।

यससँगै विद्युतीय भुक्तानीमा प्रतिस्पर्धा थपिएको छ । हाल ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे लगायतबाट यस्तो सेवा प्रदान हुँदै आएको छ ।

सिजी पे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर गर्ने कार्य गर्न सकिने जनाइएको छ भने टेलिकमहरुको रिचार्ज, टि.भी., ईन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्ती को बिल तिर्न सकिने जनाइएको छ ।

सिनेमाको टिकेट, बस टिकेट, प्लेन टिकेट (विदेशी तथा स्वदेशी) स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन पसल तथा रेष्टुरेन्टको बिल पेमेन्ट तथा अन्य पेमेन्ट पनि सिजी पेबाटै गर्न सकिने उल्लेख छ ।

सिजी पे मोवाइल एप तथा वेब दुबै माध्यमबाट चल्ने तथा यसबाट ग्राहक(यूजर)लाई सजिलो तथा समयको बचत हुनेछ । यो सम्पूर्ण कारोबार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ ।

सिजी पे सँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहजरुपमा यो सेवा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १६ पुस २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह