Logo

अर्थनीति

प्रेम आचार्य आत्महत्यामा बोल्यो निजी क्षेत्रः बैंकका कारण व्यवसायीको लगानी असुरक्षित


GDP Nepal
   १२ माघ २०७९, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बैंकका कारण व्यवसायमा पूर्वानुमान गर्नै नसकिने अवस्था सिर्जना भएको उल्लेख गर्दै व्यवसायी प्रेम आचार्यको आत्महत्या यसैको उपज भएको उल्लेख गरेको छ ।

आचार्यको आत्महत्यका सम्बन्धमा सामाजिक संजालमा बैंक तथा वित्तीय संस्थाका दबाब र अन्यायका धेरै कुराहरु आइरहेको उल्लेख गर्दै संघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता अप्रिय घटना हुन नदिन व्यवसायीको मनोवल वृद्धि गर्न राज्यका सबै निकायहरुले आर्थिक क्षेत्र संग सम्बन्धित निति, नियम, ऐन, कानुन, निर्देशन, परिपत्रहरू कार्यान्वयन गर्न सकिने गरी, सकारात्मक र उद्योग, वाणिज्य हुनुपर्छ ।”

हालका बैकिंङ्ग व्यवस्थाहरु र व्याजदर स्थायित्वका लागी निजी क्षेत्र सरकारको ध्यानाकर्षण गर्दै अविलम्ब समस्या समाधानका लागी संवोधन हुन पनि जोडदार माग गर्न संघले माग गरेको छ ।

ब्याजदरको अप्रत्यासित वृद्धी गरिनु, बयाज साँवा तिर्न केही समयको याचना गर्दा अपमान सहनुपर्ने र तरलता अभाव गरी खाने अचल सम्पति धितो सस्तोमा लिई परियोजना, व्यक्तिगत जमानी र अचल सम्पति सुरक्षण वापत धितो लिने तर व्यवसायीको व्यवसाय पूर्वानुमान गर्न सक्ने गरी बनाई, लगानी सुरक्षित गर्नु जरुरी रहेको संघको भनाइ छ ।

“जनताको निक्षेप जम्माका कारण बैंकलाइ कानूनी तबरले सुरक्षित बनाए झै सो रकम व्याजमा लिई उद्योग व्यवसाय चलाउनेको उद्योग,व्यवसाय पनि सुरक्षित बनाउन ढिलो भै सकेको छ,” विज्ञप्तिमा भनिएको छ, “बैंक पनि व्यवसाय हो भने जोखिम हुन्छ भन्ने तथ्य पनि नजर अन्दाज गर्न सकिन्न ।”

संसद चालू रहेको अवस्थामा बानेश्वर काठमाडौँ संसद भवन अगाडी सामाजिक संजालमा व्यवसायिक जीवनका भोगाइको वेदना उल्लेख गरी इलामका प्रेम आचार्यले आफ्नो शरीरमा आगो लगाई आत्मदाह गरि मृत्यबरण गरेका थिए ।

यसअघि विराटनगरका मोहन निरौलासहित लहान, पर्सा, नेपालगंजमा समेत बैंकिङ्ग आतंकका कारण आत्महत्या गरेका घटनाहरु ले समग्र निजी क्षेत्र मर्माहित र गम्भीर भएको उल्लेख छ ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह