Logo

सूचना/प्रविधि

आईस्पानको अध्यक्षमा सुधिर पराजुली चयन


GDP नेपाल
   १८ माघ २०७९, बुधबार


इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) को अध्यक्षमा सुधिर पराजुली चयन भएका छन् ।

आईस्पानको २२ औं साधारण सभाले पराजुलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । सुबिसु केबलनेट प्रालिका अध्यक्ष समेत रहेका पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमिति अनुसार उपाध्यक्षमा मनोज अग्रवाल, महसचिवमा नविन कुमार श्रेष्ठ, कोषाध्यक्षमा पुष्कर बडाल र सचिवमा सुरेन क्षेत्री चयन भएका छन् ।

त्यस्तै, कार्यकारी सदस्यहरूमा कमल बास्तोला, सुदीप आचार्य, मधु अमात्य र सुजन थापा रहेका छन् । सल्लाहकारका रुपमा बिनय बोहरा, बिनय साउद र प्रमेश खरेल चयन भएका छन् । प्रमुख कार्यकारी अधिकृतमा सुभास खड्का रहेका छन् भने फंग्सनल कमिटी सदस्यहरूमा बृजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ छन् ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह