Logo

मुख्य समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा हुने


GDP नेपाल
   १८ माघ २०७९, बुधबार


भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आईओसीले मंगलबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ ।

डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसा, हवाई इन्धन ७ रुपैयाँ ५० पैसा, पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र मट्टितेलको मूल्य ४ रुपैयाँ ८० पैसाले बढेर आएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै निगमले पनि मूल्य वृद्धि गर्ने सम्भावना देखिएको छ । नयाँ मूल्य सूची अनुसार १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ नोक्सानी हुने निगमले जनाएको छ ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह