Logo

अर्थनीति

पोखरा विमानस्थल भन्सार कार्यालयको क्षेत्र निर्धारण, यो हो भन्सारको चारकिल्ला


GDP Nepal
   २३ माघ २०७९, सोमबार


काठमाडौं । सरकारले पोखरा विमानस्थल भन्सार कार्यालयको क्षेत्र निर्धारण गरेको छ । गत महिना सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिने भन्सार कार्यालयलाई चार किल्ला खोली भन्सार क्षेत्र निर्धारण गरिएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रले ओगटेको ३८९९ रोपनी क्षेत्रफलमा फैलिएको सम्पूर्ण क्षेत्र सहित पूर्वतर्फ पोखरा महानगरपालिका वडा नं. १४ को विजयपुर खोला र सो खोलामा अवस्थित विजयपुर प्रथम जलविद्युत आयोजनासँग जोडिएको भूभाग भित्रको क्षेत्र निर्धारण गरिएको छ ।

भन्सारको पश्चिम क्षेत्रतर्फ पोखरा महानगरपालिका वडा नं. १४ को काजीपोखरी खहरे खोला र सो खोला पारीको फलेपाटन भन्ने स्थान तथा सोही महानगरपालिका वडा नं. १५ सँग जोडिएको भूभाग भित्रको क्षेत्र रहेको छ ।

यस्तै, उत्तरतर्फ पोखरा महानगरपालिका वडा नं. १४ को पृथ्वी राजमार्ग्र तथा हवेली मार्गसँग जोडिएको भूभाग भित्रको क्षेत्र रहेको छ ।

दक्षिणतर्फ भने दक्षिण पोखरा महानगरपालिका वडा नं. १४ को भेडी फार्म, राधाकृष्ण मन्दिर हुँदै रामेश्वरी माध्यमिक विद्यालयसँग जोडिएको भूभागभित्रको क्षेत्र रहेको छ ।

राजपत्रमा प्रकाशित भन्सार क्षेत्रको बाटो भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य भवनदेखि पृथ्वी राजमार्गको चाउथे भन्ने स्थानसँग जोडिएको बाटोलाई निर्धारण गरिएको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयले भन्सार ऐन, २०६४ को दफा ३ को उपदफा (१) र (२) ले दिएको अधिकार प्रयोग गरी जिल्ला कास्की साविक छिनेडाँडा गाउँ विकास समिति हाल पोखरा महानगरपालिका वडा नं. १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रले ओगटेको ३८९९ रोपनी क्षेत्रफलमा फैलिएको सम्पूर्ण क्षेत्र सहित उल्लेखित चार किल्ला भित्रको क्षेत्रलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्सार क्षेत्र र देहायको बाटोलाई भन्सार क्षेत्रको बाटो तोकेको हो ।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह