Logo

अर्थनीति

प्रभु बैंकका सीईओविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन उच्च अदालतद्वारा अस्वीकार


GDP Nepal
   २३ माघ २०७९, सोमबार


काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचनलाई नियुक्त गर्ने निर्णय खारेज हुनु पर्ने माग गर्दै दायर भएको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आइतबार रिट निवेदकको माग अनुसार अन्तरिम आदेश जारी नगर्ने वा नगर्ने विषयमा सुनुवाईपछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

उच्च अदालत पाटनमा न्यायाधीशद्वय श्यामजी प्रधान र अमृत बहादुर बस्नेतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अधिवक्ता अनिता थापाले माघ १३ गते शेरचनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको प्रावधान विपरित सीईओ नियुक्त गरिएको भन्दै सञ्चालक समितिको निर्णय खारेज हुनु पर्ने मागसहित उच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

थापाले नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार काठमाडौ समेत १६ जनालाई विपक्षी बनाइ मुद्दा दायर गरेकी थिइन् ।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह