Logo

सूचना/प्रविधि

मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम तत्काल लागू गर्न मोबाइल वितरक संघको माग


GDP नेपाल
   २५ माघ २०७९, बुधबार


मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न आग्रह गरेको छ ।

बुधबार एक कार्यक्रम आयोजना गर्दै संघले अवैध रुपमा भित्रिएका मोबाइल कारोबारले वार्षिक अरबौको राजश्व गुमेको जनाउँदै एमडीएमएस सिस्टम तत्काल लागू गर्न माग गरेको हो ।

हाल बजारमा बिक्रि वितरण भइरहेका ४० प्रतिशत मोबाइल विदेशबाट अवैध रुपमा भित्रिएको संघले जनाएको छ । संघले १४ अर्ब बराबरको अवैध मोबाइल फोन भित्रिएको जनाउँदै सरकारले वार्षिक दुई अर्ब बराबरको राजश्व गुमाइरहेको दावी समेत गरेको छ ।

यसरी चोरी पैठारीबाट बजारमा भित्र्याइएको फोनले गर्दा उपभोक्ता समेत मारमा परेको संघले जनाएको छ । संघका अनुसार अवैध रुपमा भित्रिएका फोनहरु डुप्लिकेट, वारेन्टी नभएको तथा बिग्रिएपछि पाटपूर्जा समेत नपाउने समस्याले उपभोक्ता समस्यामा परेका छन् । यस्तै, अवैध रुपमा भित्रिएका चोरीका फोनले उपभोक्ता कानुनी झमेलामा पर्नुका साथै अपराधमा समेत प्रयोग हुन सक्ने भएकाले प्रहरी कारवाहीमा समेत थप चुनौती थपिने संघले जनाएको छ ।

यसअघि, नेपाल दुरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्ने निर्णय गरेपनि सो निर्णयको चौतर्फी विरोध हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई सो प्रणाली लागू नगर्न निर्देशन दिएका थिए।

प्रकाशित : २५ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह