Logo

अर्थनीति

लक्ष्यअनुसार ८ प्रतिशत आर्थिक वृद्धि नहुने अर्थमन्त्रीद्वारा स्वीकार


GDP Nepal
   २९ माघ २०७९, आइतबार


काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल हुन नसक्ने सरकारले स्वीकार गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो ।

जेठ १५ को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिको लक्ष्य तोकेका थिए । तर, अर्थमन्त्री विष्णु पौडेलले लक्ष्यअनुसार ८ प्रतिशत आर्थिक वृद्धि नहुने देखिएको बताएका छन् ।

चालू आवको बजेटको मध्यावधि समीक्ष संसदमा पेश गर्दै उनले यो जानकारी दिएका हुन् ।

यस्तै, मुद्रास्फीति ७ प्रतिशतमा सीमित राख्ने भनिए पनि पुस मसान्तसम्म उपभोक्ता मूल्य सूचकांक ७.२७ प्रतिशतले वृद्धि भएको उनले बताए ।

राजस्व संकलन आव २०२४/२५ पछिकै नकारात्मक रहेको उनले जानकारी दिए ।

प्रकाशित : २९ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह