Logo

अर्थनीति

भूकम्पपछि बेलुन जस्तै फुल्दै गएको बजेट बल्ल आफ्नै साइजमा, पौडेलले अढाई खर्ब घटाए


GDP Nepal
   २९ माघ २०७९, आइतबार


काठमाडौं । २०७२ सालको भूकम्पपछि बर्सेनि बढाइँदै आएको बजेटको आकार बल्ल आफ्नै क्षमता र वास्तविकतामा फर्किएको छ । अर्थमन्त्री विष्णु पौडेलले चालू आवको बजेटको मध्यावधि समीक्षामार्फत बजेटलाई नेपाली अर्थतन्त्रको क्षमता अनुसार घटाएका छन् ।

अघिल्ला अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए भने अर्थमन्त्री पौडेलले मध्यावधि समीक्षामार्फत १५ खर्ब ४९ अर्ब रुपैयाँमा झारेका छन् ।

बजेटमा चालू खर्चका लागि ११ खर्ब ८३ अर्ब विनियोजन गरिएको थियो भने मध्यावधि समीक्षामा १० खर्ब २१ अर्बमा झारिएको छ । यस्तै, पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्बको अनुमान गरिएकामा ३ खर्ब १३ अर्बमा झारिएको छ ।

यता, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्बको अनुमान गरिएकामा २ खर्ब १४ अर्बको संशोधित अनुमान सार्वजनिक भएको छ ।

जेठको बजेटमा १४ खर्ब तीन अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिए पनि मध्यावधि समीक्षामा १२ खर्ब ४४ अर्ब हुने अनुमान गरिएको छ ।

बजेटको अर्को महत्वपूर्ण स्रोत वैदेशिक अनुदान ५५ अर्ब रााखिएकोमा ३८ अर्बमा झारिएको छ । वैदेशिक ऋणतर्फ २ खर्ब ४२ अर्ब लक्ष्य रहेकोमा स्रशोधन गर्दै १ खर्ब ७० अर्ब रहने अनुमान गरिएको छ ।

यस्तै, जेठ १५ मा ल्याइएको बजेटमा आन्तरिक ऋण दुई खर्ब ५६ अर्ब उठाउने अनुमान राखिएकामा संशोधित अनुमानमा दुई खर्ब ४० अर्ब उठाउने लक्ष्य राखिएको छ ।

प्रकाशित : २९ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह