Logo

कृषि / सहकारी

ललितपुर महानगरद्वारा १० सहकारी संस्था खारेज


GDP नेपाल
   १४ फाल्गुन २०७९, आइतबार


ललितपुर महानगरले १० वटा सहकारी संस्था खारेज गरेको छ ।

महानगरले सूचना जारी गर्दै गत पाँच वर्षदेखि विवरण नबुझाएका, लेखा परीक्षण तथा साधारणसभा नगरेका सहकारी खारेज गरेको जनाएको छ ।

यसअघि महानगरले गत असार १५ मा एक सूचना निकाल्दै ३५ दिनभित्र ती सहकारीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो। तर सो समय बितिसक्दा पनि सहकारीहरु सम्पर्कमा नआएपछि गत माघ २९ को बैठकले खारेजीको निर्णय गरेको हो ।

महानगरका अनुसार महिला सीप विकास बहुउद्देश्यीय सहकारी, बडीखेल पर्यटन सहकारी, प्रयास बहुउद्देश्यीय सहकारी, एभरग्रीन बचत तथा ऋण सहकारी, कुसुन्ती बहुउद्देश्यीय सहकारी, पारपीदेवी महिला विकास बचत तथा ऋण सहकारी, राजवृक्ष जडीबुटी सहकारी, एभरेस्ट कृषि सहकारी, रातो सूर्य सूचना तथा सञ्चार सहकारी र भुगेश्वर उपभोक्ता सहकारी खारेजीमा परेका छन् ।

प्रकाशित : १४ फाल्गुन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह