चालु आर्थिक वर्षको सात महिनामा मुलुकको शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब बचतमा गएको छ ।
आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार मुलुकको शोधनान्तर स्थिति सुधारोन्मूख देखिएको हो । गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड घाटामा रहेको थियो ।
अघिल्लो वर्ष अमेरिकी डलर २ अर्ब ७ करोड ऋणात्मक थियो । चालु आवमा डलर संचिति एक अर्ब एक करोड रहेको छ । यस्तै, सोही अवधिमा मुलुकको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।
प्रतिक्रिया