Logo

बैंक / बिमा /शेयर

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ


GDP नेपाल
   ५ चैत्र २०७९, आइतबार


डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । शुक्रबार चितवनमा सम्पन्न एसोसियसनको १७औं वार्षिक साधारण सभाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

एसोसियसनका वर्तमान अध्यक्ष मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको कार्यकाल सकिएसँगै एसोसिएसनको अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् ।

यस्तै, नयाँ कार्य समितिको उपाध्यक्षमा महालक्ष्मी बिकास बैंकका बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका राम कुमार गिरी र कोषाध्यमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा चयन भएका छन् । सदस्यहरुमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, ज्योति विकास बैंकका श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंकका डा. इन्द्र कट्टेल निर्वाचित भएका छन्।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह