Logo

कृषि / सहकारी

सरकार ब्युँत्याउन काठमाडौँसम्म पैदलयात्रा गर्दै मिटरब्याज पीडित किसान


GDP नेपाल
   ५ चैत्र २०७९, आइतबार


मधेस प्रदेशका मिटरब्याज पीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका हुन् ।

मिटरब्याजविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा सरकारलाई घचघच्याउन मधेस प्रदेशका मिटरब्याजपीडित काठमाडौँका लागि पैदलयात्रामा निस्केका छन् । पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन सुरु गरेका मिटरब्याजपीडित सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन भन्दै काठमाडौँसम्मको पैदलयात्रामा निस्केको महोत्तरीका मिटरब्याजपीडित मनोज पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिटरब्याजी साहु महाजनले मधेस प्रदेशका आर्थिक अवस्था कमजोर रहेका धेरै मानिसलाई दुःख दिएका र त्यसबाट मुक्ति पाउनका लागि अभियान सुरु गरिएको हो । सर्लाहीबाट सङ्घर्ष समिति गठन गरेर करिब चार वर्ष पहिलादेखि सुरु भएको मिटरब्याज पीडितको आन्दोलन अहिले मधेस प्रदेशका साथै देशभरका धेरै स्थानमा सुरु भइसकेको छ ।

स्थानीयस्तरबाट आन्दोलन गर्दा आफ्ना माग नसुनेका कारण पैदलै गएर सरकारलाई आफ्ना समस्या सुनाउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका मिटरब्याजपीडित पासवानले बताउनुभयो ।

सप्तरीदेखि पर्सासम्मका मिटरब्याजपीडित एक भएर पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन जारी राखेका र अहिले पैदलै हिँडेर काठमाडौँ पुगी सरकारलाई आफ्ना समस्या सुनाउने भन्दै सिरहाकी मिटरब्याजीपीडित ममतादेवी रायले बताउनुभयो ।

पीडित रमेश बुढाथोकीका अनुसार यसअघि काठमाडौँमा समेत आन्दोलन भएका र सरकाले मिटरब्याजी पीडितको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म सरकारले कुनै प्रकारका ठोस नीति नल्याएका कारण मिटब्याजीपीडित थप मारमा परेका छन् ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह