Logo

मुख्य समाचार

झण्डै २५ अंकले घट्यो सेयर बजार, ९ अर्बको कारोबार


GDP नेपाल
   १९ मंसिर २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २४.९७ अंकले घटेर दुई हजार ७५०.८७ विन्दुमा पुगेको छ ।



बैंकिङ ५, विकास बैंक ११६, फाइनान्स ४३, होटल तथा पर्यटन २९, अन्य १५, जीवन बीमा २०७, ब्यापार ४६७, र निर्जीवन बीमा उपसमूह ४४ अंकले घटेको छ ।
त्यस्तै, हाइड्रोपावर २१, माइक्रोफाइनान्स ६ र उत्पादन उपसमूह १० अंकले बढेको छ ।


आज सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज खानीखोला हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ ।



यस दिन ३२० कम्पनीको दुई करोड कित्ता सेयर ९ अर्ब १३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १९ मंसिर २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह