Logo

अर्थनीति

१० खर्बको वस्तु आयात हुँदा एक खर्बको निर्यात


GDP नेपाल
   ९ चैत्र २०७९, बिहिबार


चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा आयात १९.१३ प्रतिशतले घटेको हो । यस्तै, निर्यात २९ प्रतिशत कम हो ।

भन्सार विभागले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ। गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

प्रकाशित : ९ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह