Logo

बिजनेस होम

चन्द्र ढकालको समर्थन मलाई मात्र छ, टिमसहित उमेदवारी घोषणा गर्दैछुः रामचन्द्र संघई


GDP Nepal
   ११ चैत्र २०७९, शनिबार


धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघईले महासंघको भावी नेतृत्वका लागि टिमसहित छिट्टै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्ने बताउनु भएको छ ।
धनगढीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा संघईले महासंघको गरिमालाई थप उचो बनाउन र ‘सम्मानीत निजी क्षेत्र समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न वरिष्ठ उपाध्यक्षमा आफ्नो उमेदवारी रहने बताउनु भएको हो ।

यस अघिको निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालकै टिमबाट एशोसियट तर्फको उपाध्यक्षमा निर्वाचित संघईले ढकालको समर्थन समेत प्राप्त हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा संघईले महासंघको अबको नेतृत्व उद्योगी व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महशुस गर्न सक्ने,रोजगारी सृजना गर्नसक्ने, उत्पादन वढाउन सक्ने एवं सरकारसमक्ष हाम्रा समस्या समाधानमा पहल गर्नसक्ने हुृनु पर्ने बताउनु भयो ।

उत्तरमा चीनको स्वयत्तक्षेत्र तिब्बत तथा पूर्वमा भारतको उत्तराखण्ड एवं दक्षिणमा उत्तर प्रदेशसँग सीमा जोडिएको सुदुरपश्चिम प्रदेश व्यापार व्यवसायको दृष्टिले निकै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले थप्नु भयो सुदूरपश्चिम प्रदेशका सबै सम्भावनाहरुको लेखाजोखा गरेर लगानी विस्तार गर्न म सदैव तयार छु । यो प्रदेशमा कुन ठाउँमा कस्तो उद्योग संचालन गर्नसक्ने सम्भावना छ रु के उत्पादन गर्न सकिन्छ रु लगानी कसरी गर्न सकिन्छ रु यस क्षेत्रमा रोजगारी कसरी बढाउन सकिन्छ रु उहाँले भन्नु भयो आउनुहोस् छलफल गरौं, मिलेर काम गरौ । म तयार छु ।

कार्यक्रममा संघईले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार उद्योग वाणिज्य महासंघले तीनै तहका सरकारहरुसँग सहकार्य र हातेमालो गर्नुपर्ने आवस्यकता रहेको उल्लेख गर्दै प्रदेश समितिहरुको भूमिका थप वढाउन जरुरी रहेको समेत बताउनु भयो ।

साना तथा मझौला उद्यमी व्यवसायीहरुले भोग्नु परिरहेका समस्या बारे सरकारको ध्यानाकर्षण गराउदै संघइले उद्यमी व्यवसायीलाई व्याजै तिर्न नसक्ने अवस्थाबाट कसरी मुक्ति दिने भन्ने बिषयमा समेत गृहकार्य भइरहेको उल्लेख गर्नु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालले व्याजदर घटाउन निर्देशन दिएको र बैंकहरुले पनि त्यसको थालनी गरिसकेकोले समाधान निस्कने विश्वास संघईको रहेको छ ।

कार्यक्रममा उपाध्यक्ष संघईले श्रमिक र रोजगारदाताबीच आपसी सम्बन्ध सुमधुर बनाउदै उत्पादन बढाउने, व्याजदर स्थिर राख्ने, पूर्वाधारको विकास तथा विद्युतिय उर्जालाई सस्तो मुल्यमा २४ सै घण्टा आपुर्ति हुने वातावरण तयार गर्ने एवं साना तथा मझौला व्यवसायीलाई विना धितो कर्जा उपलब्ध गराएर उद्यमशीलताको विकास गर्ने भिजन २०३० को कार्यन्वयन नै अवको महासंघको नया नेतृत्वको मुल प्राथमिकता हुनुपर्ने बताउनु भयो ।

नेपालका प्रतिष्ठित उद्यमी संघाईले त्रिवेणी ग्रुप अन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य उद्योगहरु संचालन गरिरहेको बताउनु् भयो । करिब १८ हजार श्रमिक परिवारलाई आफ्नो उद्योग व्यवसायमा रोजगारी दिएको उहाँले बताउनु भयो । मुलुकको कुल गार्हस्थ उत्पादन९जीडीपी०मा त्रिवेणी ग्रुपको अढाईदेखि तीन प्रतिशत योगदान रहेको संघाईले बताउनु भयो ।

उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रको निर्वाचन चैत्र २८ गर २९ गते काठमार्डौमा हुदैछ ।

प्रकाशित : ११ चैत्र २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह