Logo

बैंक / बिमा /शेयर

एनआईसी एसिया लघुवित्तले डाक्यो साधारण सभा


GDP नेपाल
   १६ चैत्र २०७९, बिहिबार


एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले साधारण सभा डाकेको छ । लघुवित्तले बैशाख १० गते सुनसरीको धरानस्थित होटेल गजुरमा बिहान ९ बजे सभा डाकेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुने छ। यस्तै, संस्थापक एनआईसी एसिया बैंकको सञ्चालक समितिबाट मनोनित प्रतिनिधि सञ्चालकहरु सन्तोषकुमार राठी र दिनेश भारीलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय अनुमोदन गर्नेछ।

यसका साथै आर्थिक वर्ष २०७८/७९ को प्रबन्धपत्र र नियमावलीमा समसामयिक थप वा संशोधन गर्ने विशेष प्रस्ताव छलफल हुनेछ। आर्थिक वर्ष २०७९/८० को एजेन्डा भने लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रम निर्धारण गर्ने छ।

संस्थाले सभाको लागि वैशाख १ गतेदेखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएको छ। यस अनुसार चैत ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यस संस्थाको लाभांश प्राप्त गर्ने र सभामा भाग लिन पाउने छन्।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह