काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १०.६६ अंकले घटेर दुई हजार ६३३.२७ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, होटल तथा पर्यटन ३५, जीवन बीमा १४३, निर्जीवन बीमा ८५, ब्यापार ८१, अन्य उपसमूह ३४ अंकले घटेको छ । यस्तै, फाइनान्स ८४, उत्पादन ४६, विकास बैंक ४०, हाइड्रोपावर १२ र माइक्रोफाइनान्स उपसमूह २ अंकले बढेको छ ।
आज सम्तकोशी डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ८.४६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज न्यादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१२ कम्पनीको एक करोड ७२ लाख कित्ता सेयर ८ अर्ब ९२ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया