प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रिमा आएको छ । बैंकले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशनको ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया