Logo

कर्पोरेट-बजार

बागलुङमा सिप्रदी ट्रेडिङको २६औं शाखा


GDP नेपाल
   १७ चैत्र २०७९, शुक्रबार


सिप्रदी ट्रेडिङले बागलुङमा आफ्नो २६औं शाखा संचालनमा ल्याएको छ ।

कम्पनीले टाटा कमर्सियल गाडीहरूलाई सर्वसुलभ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखाबाट ग्राहकले सम्पूर्ण टाटा गाडीका ग्राहकलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यको सुविधा पाउने छन् । साथै, टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशतसम्म र जेन्यूइन आयलमा २५ प्रतिशत सम्मको छुट सुविधा पाउने छन् ।

त्यस्तै, टाटा प्रोटेक्ट अन्तर्गत ४ घण्टा भित्र सर्भिसिङका कामहरूको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र ममर्त कार्यको ग्यारेन्टी प्रदान गर्नेछ । यदि सो समयमै काम नसकिए प्रतिदिन ११०० रुपैयाँले क्षतिपूर्ति पनि प्रदान गर्नेछ ।

त्यसैगरी, एक्सिडेन्टल कार्यहरूको लागि नगद रहित बीमा दाबी सुविधाको साथमा ६० दिन भित्र गाडी मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ ।

ग्राहकको गाडी संचालन खर्चलाई न्यूनीकरण गर्नका लागि विविध खालको एएमसी सुविधाहरू पनि प्रदान गर्ने छ । अफरोड भएका गाडीहरूको लागि टाटा अलर्ट अन्तर्गत ६ घण्टा भित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टा भित्र समाधान गर्नेछ ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुका साथै विक्रीपछि उत्कृष्ट सेवाहरू प्रदान गर्नुरहेको बताए ।

उनले ग्राहकको चाहना र आवश्यकतालाई प्राथमिकतामा दिई सिप्रदीले टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्टको मूल्यमा पनि भारी छुट सुविधा प्रदान गरेको बताए ।

उनले टाटा प्रोटेक्ट अन्तर्गतको सेवा सुविधा माध्यमबाट ग्राहकलाई छिटो सेवा प्रदान गरी गाडी संचालन खर्चलाई न्यूनीकरण गर्नमा विशेष जोड दिँदै आएको जानकारी दिए ।

बागलुङ शाखासँगै टाटा कमर्सियल गाडीका सर्भिस सेन्टरको संजाल ५५ वटा पुगेको छ । जसमा सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज रहेका छन् ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह