Logo

अर्थनीति

अर्थमन्त्री महतः अर्थशास्त्रमा त्रिविबाट स्नात्तकोत्तर, अमेरिकाबाट विद्यावारिधी !


GDP Nepal
   १७ चैत्र २०७९, शुक्रबार


काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नात्तकोत्तर तथा अमेरिकाबाट अर्थशास्त्रमै विद्यावारिधी गरेका छन् ।

शुक्रबार सार्वजनिक महतको वैयक्तिक विवरणअनुुसार महतले अमेरिकाको साउथर्न इलिनोइस युनिभर्सिटी, कार्बनडेल, इलिनोइसबाट विद्यावारिधी गरेका हुन् ।

यसअघि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (अर्थशास्त्र) गरेका डा. महतलाई इलिनोइस विश्वविद्यालय, अर्बाना क्याम्पेन, इलिनोइस, संयुक्त राज्य अमेरिका अध्ययनका लागि फुलब्राइट छात्रवृत्ति प्रदान गरिएको थियो ।

२०४० देखि २०४४ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भएका महत २०५८ चैत्रदेखि असोज २०५९ सम्म राष्ट्रिय योजना आयोग सदस्य भएका थिए भने २०५८ असोजदेखि २०५९ बैशाखसम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका सल्लााहकार थिए ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका हुन् ।

डा. महतले “नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड.” नामक पुस्तक पनि लेखेका छन् ।

प्रकाशित : १७ चैत्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह