कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद गरी कुल ४.६४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
प्रतिक्रिया